Sajhamanch Archive

नदीले बगाउँदा दुई युवा बेपत्ता

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

दोलखा । तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् ।

दोलखाको मेलुङ गाउँपालिका वडा नं.१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार चैतेघाटस्थित तामाकोशी नदीमा माछा मार्न गएको र माछा मार्ने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

त्यस्तै कालीञ्चोक गाउँपालिका वडा नं.७ ठूलाखेत बस्ने १९ वर्षीय नवराज पौडेल तामाकोशी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए ।

बेपत्ता दुवै युवा आइतबार फरक फरक ठाउँमा माछा मार्न र पौडी खेल्न गएका थिए । बेपत्ता भएका दुवै जनाको स्थानीय तथा प्रहरीको सक्रियतामा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *