Sajhamanch Archive

सुदूरपश्चिममा हालसम्म १५ जनामा कोरोना, ८ हजार बढी क्वारेनटाइनमा

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, स्वास्थ्य by .

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा हालसम्म १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये सुरुवातमा संक्रमण देखिएका पाँचजना निको भएर घर फर्किसकेका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार हिजोमात्रै अछामका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा ५, टिकापुर अस्पतालमा ३, बैतडी र डडेलधुरा अस्पतालमा एकजनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ८ हजार ८ सय ५४ जना सरकारी क्वारेन्टाइनमा छन् । जसमध्ये ८१४ जना महिला छन् । हालसम्म पीसीआर र आरडीटी विधिबाट २५ हजार १ सय ३१ जनाको जाँच गरिएको छ । ५५२ जनाको थ्रोट स्वाब नमुनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *