Sajhamanch Archive

चिया निकासीमा अवरोध छैन : उद्योग राज्यमन्त्री दुगड

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारततर्फ चिया निकासीमा अवरोध नभएको दावी गरेको छ ।

सहज निकासीमा केही समस्या देखिएपनि चियामा प्रतिबन्ध नै भने नभएको उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले बताए ।

‘पूर्ण निकासीमा केही समस्या देखिएको तर त्यो पनि समाधान उन्मुख छ, बाहिर अनर्गल हल्ला धेरै भयो,’ राज्यमन्त्री दुगडले भने । गत शनिबार मात्रै भारततर्फ चिया निकासी भएको अनुज्ञापत्रसमेत मन्त्रालयको नोटिसमा भएको उनको भनाइ थियो ।

‘शनिबार मात्रै चिया निकासी भएको देख्दादेख्दै कसरी प्रतिबन्ध लाग्यो भनियो ? अन्य विवादसँग जोडेर धमिलो पानीमा माछा मार्ने प्रयास भयो,’ राज्यमन्त्री दुगडले भने । शनिबार मात्रै एक कम्पनीले भारततर्फ नौ हजार १४७ किलो चिया निर्यात गरेको मन्त्रालयले जनाएको छ ।

निकासी पैठारीमा कुनै अवरोध छैन : भन्सार

यता भन्सार विभागले नेपाल र अन्य मुलुकसँगको व्यापार नियमित रहेको बताएको छ । परिक्षणका लागि चिया भारततर्फ लैजानुपर्ने भएकाले केही असहजता देखिए पनि अन्य सबै निकासी पैठारी नियमित रहेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

‘तातोपानीबाट चीन र मेचीबाट भारुतर्फको पुरानो निकासी बन्देज कायमै रहेपनि अन्य सबै नाकाको आयात निर्याछ नियमित छ,’ महानिर्देशक दाहालले भने ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *