Sajhamanch Archive

२५ जना कोरोना संक्रमणमुक्त भएर फर्किए घर

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । सोमबार २५ जना व्यक्ति कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

नारायणी अस्पताल, पाटन अस्पताल र टेकु अस्पतालमा उपचाररत् व्यक्तिहरू निको भएर घर फर्किएका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार, नारायणी अस्पतालबाट १८ जना व्यक्ति डिस्चार्ज भएका हुन्। पर्साका ४ महिनादेखि ६६ वर्ष पुरूषहरू २१ दिनमा डिस्चार्ज भएका हुन्।

त्यसैगरी, पाटन अस्पतालबाट धनुषा, काठमाडौं, धादिङ, दाङ र बर्दियाका १/१ जना डिस्चार्ज भएका छन्। उनीहरू ९ देखि १० दिनको बीचमा डिस्चार्ज भएका हुन्।

यस्तै,टेकु अस्पतालमा भर्ना भएका सर्लाहीका ३४ वर्षीय पुरूष पाँचौं दिनमा डिस्चार्ज भएका छन्।

कपिलवस्तुको तौलिहवाबाट एक जना डिस्चार्ज भएका छन्।योसँगै कोरोना संक्रमणबाट निको भएर फर्किनेको संख्या १ सय १२ पुगेको छ।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *