Sajhamanch Archive

आज बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश हुने

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by .

हेटौंडा । बागमती प्रदेशको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम आज संसदमा पेश हुँदैछ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बिहान ११ बस्ने संसद बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यसका लागि सांसदहरुलाई औपचारिक पोशाकमा निर्धारित समयको १५ मिनेटअघि नै प्रदेशसभा भवन हेटौंडा पुग्न सांसदहरुलाई निर्देशन दिइएको छ।

यसअघि सोमबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। विनियोजन विधेयकमाथिको छलफल सोमबार नै सकिएको छ। कोरोना भाइरसको महामारीका कारण छलफललाई छोट्याइएको थियो।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *