Sajhamanch Archive

टिपरको ठक्करबाट डिउटीमा रहेका प्रहरीको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि–४ मा टिपरको ठक्करबाट ड्युटीमा खटिएका एक जना सईको मृत्यु भएको छ ।

सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भई आपसमा ठोक्किँदा ड्युटीमा खटिएका सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो । नर्भिक अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान करिब ५ बजे उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दाङको रामपुर घर भएका उनी महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत थिए ।

प्रहरीले टिपरका चालक धादिङका राजेन्द्र प्याकुरेल र राजेश सैंजुलाई नियन्त्रणमा लिएको छ । चालक सैंजुले मापसे गरेर टिपर चलाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *