Sajhamanch Archive

दुई दिनमा भित्रिए तीन हजार ३२७ जना

Published: in मिडियाबाट साभार, समाज by .

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै सोमबार र मंगलबार गरी तीन हजार ३२७ जना नेपालीहरु स्वदेश फर्किएका छन् ।

सोमबार दुई हजार ६३७ र मंगलबार ६९० जना भित्रिएका छन् । भारतका विभिन्न क्षेत्रबाट आएका उनीहरुलाई नेपाली सेनाको टोलीले तापक्रम नापेर प्रवेश दिएको हो ।

उनीहरुलाई भारतीय प्रशासनले दशगजा क्षेत्रसम्म बसमार्फत ल्याएका थिए। सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्दा उनीहरुको व्यक्तिगत विवरण राखेको छ। बिहान ६ बजे देखि १० बजेसम्म सीमा नाकामा प्रवेश दिइएको थियो।

नेपाल प्रवेश गरेकाहरुलाई खाना र खाजा तथा सवारी साधानको व्यवस्था गरी सम्बन्धित जिल्लाको स्थानीय तहमा पठाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्ययले बताए।

सीमावर्ती भारतीय बजार खटिमा, रुद्रपुर, वनवसा र टनकपुरका क्वारेन्टाइनमा रहेको र भारतका विभिन्न ठाउँबाट आएका नेपालीहरुलाई सीमा नाकामा प्रवेश दिइएको हो। साँझको बेला भने सीमा नाका प्रवेश नदिइने बताइएको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *