Sajhamanch Archive

अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या एक लाख नाघ्यो

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख नाघेको छ ।

बुधबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको कारण एक लाख पाँच सय ७२ जनाको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ ।

अमेरिकामा अहिलेसम्म १७ लाख २५ हजार दुइ सय ७५ जनामा सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये चार लाख ७९ हजार ९ सय ६९ जना उपचारपछि निको भएका छन् । ११ लाख ४४ हजार ७२७ जना उपचार गराइरहेकोमा १७ हजार भन्दा धेरै गम्भीर बिरामी छन् ।

२ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म विश्वका तीन लाख ५२ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । ५६ लाख ८५ हजारभन्दा धेरैमा सङ्क्रमण भएकोमा २४ लाख ३० हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *