Sajhamanch Archive

सप्तरीमा मृत्यु भएकी गर्भवतीको कोरोना रिपोर्ट नेगेटिभ

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

सप्तरी । मंगलबार मृत्यु भएकी सप्तरीकी गर्भवती महिलामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

कञ्चनरुप नगरपालिका वडा नंं.११ ठेलियाकी २४ वर्षीया गर्भवती महिला निरन्तर ज्वरो आउने, श्वास लिन गाह्रो हुने समस्या देखिएपछि उनलाई घरकै आइसोलेसनमा राखिएको थियो ।

उनको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । परीक्षणपछि उनको रिपोर्ट नेगेटिभ आएको सप्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी तिलक भारतीले जानकारी दिए ।

मृत्यु भएकी महिलाको मंगलबार नै दाह संस्कार गरिएको थियो । उनका परिवारका चार जनालाई नगरपालिकाले पीपीई उपलब्ध गराएर दाह संस्कार गर्न दिएको थियो ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *