Sajhamanch Archive

निर्माता संघले गर्यो सरकारको कदमको स्वागत

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by .

नेपाल चलचित्र निर्माता संघले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेट्दै नयाँ नक्शा सार्वजनिक गरेको भन्दै सरकारको कदमको स्वागत गरेको छ ।

निर्माता संघका अध्यक्ष आकाश अधिकारीले आज एक विज्ञप्ती जारी गर्दै स्वाधिनताको हाम्रो आफ्नो बेग्लै गौरवमय इतिहास रहेको बताएका छन् ।

अधिकारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘हामी आफ्नो स्वाधिनता र सार्वभौमिकतालाई बचाई राख्नका लागि आइपर्ने जस्तोसुकै अप्ठ्यारो परिस्थितीमा नेपाल सरकारको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछौ । एकता नै शक्ति हो ।’

संघले सरकारको कदममा ऐक्यवद्धता जनाउने प्रमुख प्रतिपक्ष दलसहित अन्य दलहरुलाई पनि धन्यवाद ज्ञापन गरेको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *