Sajhamanch Archive

प्रधानमन्त्रीलाई मुख्यमन्त्री राउतको पत्र : विशेष आर्थिक प्याकेज चाहियो

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, समाज by .

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग माग गरेका छन्।

बुधवार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई पत्र लेख्दै उनले लकडाउनको अवध थपिदै जाँदा प्रदेश सरकारले मात्र खाद्यान्न सहितको राहत उपलब्ध गराउन चुनौतीपूर्ण रहेकोले संघीय सरकारलाई ठोस कार्यक्रम ल्याउन आग्रह गरेका हुन्।

भौगोलिक अवस्था, जनसांख्यीक बनौट, मानव विकास सुचकाङ्क र सामाजिक विकासको अवस्था समेतका आधारमा प्रदेश सरकारले खाद्यान्न सहितको राहत उपलब्ध गराउन चुनौती देखिएको सरकारलाई लेखिएको पत्रमा उल्लेख छ।

‘यस प्रदेशका करिब १० लाख युवा जनशक्ति वैदेशिक रोजगारीबाट फर्कन सक्ने सम्भावना रहेको छ। प्रदेशका जनताको जिविकोपार्जन माध्यम कृषि र कृषि भूमिको उपलब्धतालाई समेत विचार गरि प्रदेश युवा रोजगार कार्यक्रमका लागि र कृषिमा विशेष उत्पादन अभियान (विऊविजन, मलखाध र सिचाई) का साथै राहतका विशेष कार्यक्रम संचालन गर्नु पर्ने देखिएकोले प्रदेश २का लागि विशेष आर्थिक प्याकेज उपलब्ध गराई दिन अनुरोध छ,’ पत्रमा भनिएको छ।

मुख्यमन्त्री राउतले कोरोना संक्रमण परीक्षणका लागि प्रदेश सरकारले तीन स्थानमा रियल टाइम पिसिआर संचालन गरे पनि भिटिएम किटको अभावमा अपेक्षीत परिक्षण गर्न नसकिएकोले संघ सरकारलाई यथाशीघ्र भिटिएम किट, आवश्यक उपकरण, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री उपलब्ध गराउन समेत माग गरेका हुन्।

प्रदेश सरकार, स्थानीय तह एवं स्थानीयको सहकार्य र समन्वयमा हाल सम्म प्रदेशभका आठवटै जिल्लामा गरी १६ हजार ९ सय १४ बेड क्षमताको ३ सय १ वटा क्वारेन्टाइन र ६ सय ४५ बेड क्षमताको आइसोलेशन कक्षको निर्माण गरि उपचार गरिरहेको पत्रमा जनाइएको छ।

नागरिक दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *