Sajhamanch Archive

टेस्ट क्रिकेटको एक पारीमा १० विकेट लिने खेलाडी

Published: in खेलकुद, मिडियाबाट साभार by .

एजेन्सी । सुरुदेखि अहिलेसम्म टेस्ट क्रिकेटलाई नै वास्तविक क्रिकेट मानिने गरिन्छ । अन्य फर्म्याटका क्रिकेट प्रतियोगिता भने पछि आएका हुन् ।

सुरुवाती समयमा तीव्र गतिका बलरले एकछत्र राज जमाएको टेस्ट क्रिकेटमा पछि स्पिनर बलर पनि जम्न थालेका छन् । एक समय टेस्ट क्रिकेटमा यस्तो पनि आएको थियो कि ब्याट्सम्यानभन्दा बलर खतरनाक थिए ।

सोही समय टेस्ट क्रिकेटको एक पारीमा ५/६ विकेट लिनु सामान्य जस्तै भएको थियो । तर, एकै पारीमा सबै १० विकेट लिनु असाधारण हो । हालसम्मम टेस्ट क्रिकेटमा यस्तो दुई बलरले मात्र गर्न सकेका छन् । त्यसैले दुवै बलरलाई टेस्ट क्रिकेटका लागि खास मान्ने गरिन्छ । उनीहरूले विपक्षी टिमका १० वटै ब्याट्सम्यानलाई एउटै पारीमा आउट गर्दै पेभिलियन फर्काएका थिए ।

जिम लेकर

इंग्ल्यान्डका पूर्वबलर जिम लेकरले अस्ट्रेलियाविरुद्धको टेस्ट खेलको एक पारीमा १० विकेट लिएका थिए । सन् १९५६ मा भएको उक्त टेस्ट खेलको दोस्रो पारीमा जिमले अस्ट्रेलियालाई ५३ रनमा अलआउट गर्दै पेभिलियन फर्काएका थिए ।

टेस्ट खेलको दोस्रो पारीमा १० विकेट लिएका जिमलाई पहिलो पारीमा पनि यो अवसर थियो । उनले पहिलो पारीमा ९ विकेट लिएका थिए । यदि उनले पहिलो पारीमा पनि १० विकेट लिएको भए सायदै उनको रेकर्ड कसैले पनि ब्रेक गर्न सक्दैन थिए होला ।

टेस्ट क्रिकेटको एक पारीमा १० विकेट लिने जिम पहिलो खेलाडीसमेत हुन् । उनले उक्त खेलमा १९ विकेट लिएका थिए । हालसम्म टेस्ट त्रिकेटको एकै खेलमा १९ विकेट लिने खेलाडीको रेकर्ड पनि उनकै नाममा छ ।

अनिल कुम्बले

भारतीय पूर्वबलर अनिल कुम्बलेले यो रेकर्ड पाकिस्तानविरुद्धको टेस्ट खेलमा बनाएका थिए । उनले सन् १९९९ मा दिल्लीमा भएको टेस्ट खेलका दौरान दोस्रो पारीमा १० विकेट लिएका थिए । उनले उक्त पारीमा ७४ रन दिँदै पाकिस्तानलाई २०७ रनमा अलआउट गरेका थिए ।

यससँगै अनिलले टेस्ट क्रिकेटको एउटै पारीमा १० विकेट लिने खेलाडीको रेकर्ड जिम लेकरसँग बराबरी गरे । अनिलले यस खेलको पहिलो पारीमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका थिए । उक्त खेलमा उनले १४ विकेट लिए । त्यसपछि अहिलेसम्म कुनै पनि बलरले टेस्टको एक पारीमा १० विकेट लिन सकेका छैनन् ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *