Sajhamanch Archive

बलात्कार प्रयासको आरोपमा मन्टेश्वरी स्कुल सञ्चालक पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by .

विराटनगर । सुनसरीको इटहरीमा कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले मन्टेश्वरी सञ्चालकलाई पक्राउ गरेको छ ।

१९ वर्षकी युवतीलाई जबरजस्ती करणी प्रयास घटनाको मुचुल्का उठाएको १७ दिनपछि इलाका प्रहरी कार्यालय इटहरीले एप्पल ट्रि मन्टेश्वरीका सञ्चालक सन्तोष कटवाललाई पक्राउ गरेको हो ।

मन्टेश्वरीमा कार्यरत महिला कर्मचारीलाई कटवालले २६ वैशाखमा जबरजस्ती करणीको प्रयास गरेका थिए ।सुरुमा ल्याएर एक दिन थुनेपछि छाडेको इलाका प्रहरी कार्यालय इटहरीले महिला अधिकारकर्मीहरुको दबाबमा १३ जेठमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर कट्वाललाई पक्राउ गरेको हो ।

युवतीलाई २६ बैशाखमा मन्टेश्वरीका लागि आएका नयाँ किताब मिलाउनु भन्दै घर बोलाएर जबरजस्ती करणी प्रयास गरेका थिए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *