Sajhamanch Archive

जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न आग्रह

Published: (Updated: ) in मिडियाबाट साभार, शिक्षा, समाज by .

काठमाडौं । निजी क्षेत्रमा क्रियाशील शैक्षिक संघ-संस्थाहरुले कोरोना महामारीको बीचमा पठनपाठनलाई सहज बनाई शैक्षिक क्रियाकलापलाई निरन्तरता दिन सरकारसमक्ष सहयोगको आह्वान गरेका छन् ।

सो क्षेत्रमा काम गर्ने प्याब्सन, एनप्याब्सन, राष्ट्रिय अभिभावक महासंघ नेपाल, अभिाभावक संघ नेपाल, संस्थागत विद्यालय अभिभावक संघ र संस्थागत विद्यालय शिक्षक युनियनले १० बुँदे साझा धारणा सार्वजनिक गर्दैै सरकारसँग सहयोगको आग्रह गरेका हुन् ।

ती संघ संगठनले पछिल्लो जटिल परिस्थितिमा विद्यार्थी भर्ना प्रक्रिया, पाठ्यपुस्तक व्यवस्थापन, भर्चुअल कक्षा सञ्चालन गर्ने लगायत १० बुँदे धारणा सार्वजजिक गर्दै त्यसको कार्यान्वयनमा सहयोग गर्न सरकारसँग माग गरेका छन् ।

संगठनले जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न र शिक्षक कर्मचारीहरु विद्यालयमा उपस्थित भई नयाँ शैक्षिक सत्रका लागि योजना बनाउनुका साथै शिक्षक कर्मचारीहरुलाई तालिम अभिमुखीकरणका लागि व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेका छन् ।

सात संगठनद्वारा बिहीबार जारी संयुक्त विज्ञप्तिमा निर्विवाद रुपमा पाठ्यपुस्तक ढुवानी गराई सम्पूर्ण पुस्तक पसलहरु सञ्चालन गराउन र अनलाइनबाट समेत सम्पूर्ण विद्यार्थीहरु नसमेटिने हुँदा रेडियो, टिभीमा भर्चुअल कक्षालाई प्रोत्साहन गरी विद्यार्थीहरुका लागि सरकारबाटै विशेष पहल गरी भर्चुअल कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ ।

साथै विज्ञप्तिमा नेपालमा विद्यालय तह कक्षा १२ सम्म कायम गरिएकोले यसपटक एसर्ईई परीक्षा सम्बन्धित विद्यालयको आन्तारिक मूल्याँकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट प्रमाण–पत्र दिने व्यवस्था गर्न समेत अनुरोध गरिएको छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *