Sajhamanch Archive

सर्लाहीमा जलेर एक जनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by .

जनकपुरधाम । सर्लाहीमा बिँडी सेवन गर्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  हरिपूर्वा नगरपालिका वडा नं.५ बस्ने ७० वर्षीय रामसुकुल साह रहेका छन् ।

गत जेठ ११ गते बिँडी सेवन गर्ने क्रममा अचानक उनले लगाएको कपडामा आगो सल्किन पुगेको थियो । शरीरमै आगो सल्केर गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल ल्याइएको थियो ।

उनको उपचारका क्रममा बिहीबार राति अस्पतालमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रबक्ता एवं डिएसपी मदन कुँवरले जानकारी दिए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *