Sajhamanch Archive

सोमालियामा ९ चिकित्सकको हत्या

Published: in विश्व समाचार by .

मोगादिशु । आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहको आक्रमणबाट दक्षिणी सोमालियामा नौ जना चिकित्सकको हत्या गरेको छ ।

स्थानीय सञ्चार माध्यमहरुले हत्या गरिएका चिकित्सकहरुको शव शाबेल प्रान्तको बलाद शहर नजिक फेला परेको जनाएका छन् ।

सोमालियामा सन् १९९० को दशकमा गृहयुद्ध शुरु भएपछि देशभित्र हिंसा भड्किएको छ । अल–शबाब आतंककारीका कारण हिंसात्मक घटनामा अझ वृद्धि भएको छ ।

इस्लामिक शरिया कानुन लागू गर्ने गरी कट्टरपन्थी अल–शबाबले देशव्यापी हिंसात्मक अभियान सञ्चालन गरिरहेको छ । एएनआई

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *