Sajhamanch Archive

झापाका २८ सहित थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार २१२ पुग्यो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए ।

यस्तै १९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ । यस्तै उपचारका क्रममा ६ जनाको मृत्यु भएको छ ।

यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा झापाका थप २८ जनामा  संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार कोशीमा परीक्षण गर्दा २७ जनाको पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि भएकाहरु झापाको कचनकवल गाउँपालिकाका हुन । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा भद्रपुरका एक पुरुषमा संक्रमण देखिएको हो ।

शुक्रबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ मा संक्रमितको संख्या १५७ पुगेको छ । कचनकवलमा मात्र एक सय जनामा संक्रमण पुष्टि भएको छ । भद्रपुरमा भने पहिलो संक्रमण देखिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *