Sajhamanch Archive

भारतबाट फर्किनेहरुका लागि सरकारले तोक्यो २० नाका

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । कोभिड–१९सम्बन्धी उच्चस्तरीय समितिले भारतबाट घर फर्किने नेपालीहरुका लागि २० वटा नाका तोकेको छ । समितिको आज बसेको बैठकले विदेशमा रहेका नेपालीहरुलाई आउन दिने निर्णय गरेको हो ।

स्थलमार्गबाट आउनेहरुका लागि २० वटा नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए ।

उनका अनुसार पशुपतिनगर, काकडभिट्टा, रानी, सुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका छन् ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *