Sajhamanch Archive

कोरोना परीक्षणको क्रममा बौद्धमा झडप

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

काठमाडौँ । उपत्यकाको बौद्धस्थित सिमलटारमा कोरोना परीक्षणका क्रममा झडप भएको छ । पीसीआर टेष्ट गर्ने कीट कम हुँदा विवाद भएको र झडप भएको प्रहरीले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य (सांसद) छक्कबहादुर लामा सो क्षेत्रमा रहेका हुम्लाका स्थानीयबासीको परीक्षणका लागि पाँच सय पीसीआर कीटसहित पुगेका थिए ।

पीसीआर टेष्ट गर्न कीट नपुग्ने भएपछि कसको परीक्षण गराउने भन्ने विषयमा विवाद हुँदा झडप भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी नविन कार्कीले जानकारी दिए ।

खुल्ला चौरमा दुई पक्षबीच झडप हुँदा भागाभाग भएको छ । कोरोना परीक्षणको क्रममा झडप भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा तीन युवाले निर्घात कुटाई खाएका छन् । नजिकै रहेको कुर्सी उचालेर समेत हानिएको छ । भिडियो खिच्ने पत्रकारलाई समेत गाली गरेको भिडियोमा देख्न सकिन्छ ।

झडपमा मानवीय क्षति नभएको केही युवाहरु घाइते भएको उनले बताए । केही व्यक्तिलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *