Sajhamanch Archive

मेचीनगर भित्रका क्वारन्टाइनहरुको अवलोकन

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

काँकरभिभट्टा । मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीसहितको टोलीले शुक्रबार नगरभित्र रहेका वडास्तरी क्वारेण्टिनको स्थलगत अवलोकन गदैें त्यहाँ रहेका व्यक्तिहरुसँग विविध जानकारी लिनुभएकोे छ ।

नगरपालिकाका प्रेस संयोेजक संयोजक लक्ष्मी उप्रेतीका अनुसार नगर प्रमुख आचार्य र उपप्रमुख उप्रेतीसहितको टोलीले नगरको वडा नम्बर १५ मा रहेको ज्यामिरगढी माध्यमिक विद्यालय, १० मा रहेको कविशिरोमणि मावि, ११ मा रहेको धाइजन स्वास्थ्य केन्द्र १२ मा रहेको क्वारेण्टिनको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा क्वारेण्टिनमा रहेका व्यक्तिहरुसँग बस्ने, खानेलगायत स्वास्थ्य परीक्षणका बारेमा जानकारी लिएका थिए ।

क्वारेण्टिनमा रहेकाहरुले अहिलेसमम आफुहरुलार्ई कुनै पनि कुराकोे कमि नभएको बस्ने र खाने प्रवन्ध चित्त बुझ्दो रहेको प्रतिक्रिया दिएका थिए । उनीहरुले आफुहरुको तत्काल आरडिटी परीक्षण गरिदिन नगरप्रमुख र उपप्रमुखलाई आग्रह गरेपछि नगरका विभिन्न क्वारेण्टिनमा नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले आरडीटी परीक्षण गरेको छ ।

अवलोकनका क्रममा क्वारेण्टिनमा रहेकाहरुलाई कुनै पनि कुराको कमि हुन नदिन सम्बन्धित वडाका जनप्रतिनिधिहरुलाई सुझाइएको थियो । शौचालय, विद्युत पिउने पानीको उचित व्यवस्था मिलाउन समेत सम्बन्धित वडाका पदाधिकारीहरलाई नगरपालिकाले आग्रह गरेको छ । क्वारेण्टिनमा बस्दा सरसफाई, सामाजिक दुरी, सेनिटाइजरलगायतको व्यवस्था गर्न समेत भनिएको छ । क्वारेण्टिनमा राख्दा सवैलाई एउटै कोठामा नभएर संक्रमित ठाउाँबाट आएका तथा महिला पुरुषलाई भिन्दा भिन्दैं राख्न भनिएको छ ।

नेपालका विभिन्न जिल्लाबाट भारतलगायत अन्य देशमा रोजगार तथा अध्ययनका लागि गएकाहरु अहिले आफ्नो जिल्ला तथा पालिका फर्किने क्रम बढेकाले उनीहरुलाई राख्नका लागि व्यवस्थितरुपमा नगरपालिकाले क्वारेण्टिनको व्यवस्था गरेको भएपनि उनीहरुलाई समाजमा गलत दृष्टिकोणले हेर्ने गरेको भन्दैं तत्काल यो सोचाई परिवर्तन गर्न नगरप्रमुख र उपप्रमुखले सवैमा आग्रह समेत गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *