Sajhamanch Archive

आइसोलेसनका कोरोना संक्रमितलाई डेंगी

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

दाङ । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेनसमा रहेका एक व्यक्तिमा डेंगी रोग देखा परेको छ।

जिल्लाको बबई गाउँपालिका वडा नं.६ का ३० वर्षीय कोरोना संक्रमित एक पुरुषमा आइतबार जाँच गर्दा डेंगी भेटिएको अस्पतालका हेल्थ असिस्टेन्ट द्रोर्ण वलीले  बताए।

‘उहाँलाई ज्वरो आउने समस्या देखिएपछि रगत जाँच गर्दा डेंगी देखिएको हो,’ वलीले भने ‘ अहिले उहाँको अवस्था सामान्य छ र सोही अनुसार उपचार भइरहेको छ।’ यो वर्ष जिल्लामा डेंगी फेला परेको उनी नै पहिलो व्यक्ति हुन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ती व्यक्तिमा जेठ १६ गते कोरोना भाइरस पुष्टि भएपछि बेलझुण्डी अस्पताल ल्याइएको थियो। उनी एक हप्ता अगाडि भारतबाट आएर बबई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका थिए।

बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा दाङ, बाँके, बर्दिया,, रुकुम पूर्व, कपिलबस्तु, रुपन्देही, गुल्मी लगायका जिल्लाका गरी ४२ जना संक्रमितलाई राखेर उपचार भइरहेको छ।

शुक्रबार मात्रै बेलझुण्डी अस्पतालबाट दाङका एक, बाँकेका तीन र कपिलबस्तुका चार जना कोरोना मुक्त भएर घर फर्किएका थिए ।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *