Sajhamanch Archive

बजेट कार्यान्वयनमा लाग्न मन्त्री र सचिवलाई मुख्यमन्त्रीको निर्देशन

Published: (Updated: ) in प्रदेश तह by .

विराटनगर । प्रदेश एक का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ल्याएको बजेट सफल ढंगले कार्यान्वयन गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन्।

शुक्रबार मुख्यमन्त्री राईले सबै विभागीय मन्त्री तथा सचिवहरूलाई भर्खरै प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिएका हुन्। मुख्यमन्त्री कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०७५र०७६ को वार्षिक बजेट तथा कार्यान्वयन कार्यक्रम कार्ययोजनाको छलफलमा मन्त्री तथा सचिवहरूलाई एकै ठाउँ राखेर मुख्यमन्त्री राईले निर्देशन दिएका हुन्।

हामीले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा सबैको सकारात्मक धारणा छ। अब कार्यान्वयन पक्ष कस्तो हुन्छरु भनेर सबैको ध्यान केन्द्रित भएको छ। ुबजेटको प्रभावकारी कार्यान्वयनमा तपाईंहरू आजैबाट लाग्नुहोस्।

यदि यो बजेट सफल ढंगले कार्यान्वनय गर्न सकेनौ भने जनताका सपना पूरा हुँदैनन्। समृद्धिको यात्रा पूरा हुँदैनन्ु मुख्यमन्त्री राईले निर्देशन दिदै भने, ुबजेट कार्यान्वयन गर्न अलिकति पनि ढिला नगर्नुहोस्।

बजेट कार्यान्वयनमा केही चुनौती र समस्याहरू छन्। तर चुनौती र समस्या छन् भनेर चुप लागेर बस्नु भने हुँदैनु राईले भने,ुव्यवस्थित ढंगले समस्या हल गर्दै अगाडि बढ्नुपर्छ।

समयमै प्रदेश सरकार समक्ष हस्तान्तरण हुनुपर्ने संरचनाहरू संघीय सरकारले अहिलेसम्म हस्तान्तरण गरेको छैन। यस बारेमा संघीय सरकारसँग बारम्बार संवाद गरिरहेका छौं।

ती संरचनाहरू चाँडै हस्तान्तरण हुनुपर्छ।ु ुहामी संघीयताको पहिलो अभ्यासमा छौुं मुख्यमन्त्री राईले भने, ुहामीले यस प्रदेशलाई सफल बनाउनु छ। तपाईंहरूको बजेट कार्यान्वयनमा दृढ इच्छाशक्ति र संकल्पको खाँचो छ।

कार्यक्रममा प्रदेश(१ का सबै मन्त्रालयका सचिवहरूले बजेट कार्यान्वयनको मार्गचित्र प्रस्तुत गरेका थिए।

थाहाखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *