Sajhamanch Archive

होटलमा जुवा खेल्ने उच्च व्यापारिक घरानाका व्यक्तिहरु पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by .

काठमाडौं । लकडाउनको मौकामा जुवा खेलिरहेका उच्च व्यापारिक घरानाका व्यक्तिहरु काठमाडौंबाट पक्राउ परेका छन् ।

कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलिरहेका रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल अबुजा र निक्की जोगाईलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

निक्की होटल सन्चालक हुन् । रामचन्द्र सांघाइ ग्रुपका एमडी र अशोक विशाल ग्रुपका एमडी हुन् ।

उनीहरुको साथबाट २ लाख ७७ हजार नगद र केही क्वाइनहरु बरामद भएको छ । क्वाइन र चिप्सहरु प्रयोग गरेर उनीहरु क्यासिनो शैलीमा जुवा खेलेको पाइएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *