Sajhamanch Archive

अमेरिकी प्रदर्शनका हेर्नलायक केही तस्बिरहरू

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by .

शक्ति राष्ट्र अमेरिका अहिले एकैचोटी दुई कुरासँग जुधिरहेको छ। एकातिर दैनिक रूपमा कोरोनाभाइरसका हजारौं संक्रमित थपिइरहेका छन् भने सयौंले ज्यान गुमाइरहेका छन् अर्कातिर ६ दिनदेखि अमेरिकाभरका सहरमा लाखौं मानिस सडकमा उत्रिएका छन्। नश्लीय विभेदविरूद्ध उनीहरूको आक्रोश छ।

एकजना गोरा प्रहरी अधिकारीले मिनियापोलिस सहरका जर्ज फ्लोयडको घाँटीमा घुँडाले थिचेर मारेपछि अमेरिकी प्रहरीमा व्याप्त रंगभेदविरूद्ध प्रदर्शन सुरू भएको हो।

शान्तपूर्ण भनिएको प्रदर्शनका क्रममा ठाउँ ठाउँमा हिंसात्मक घटना भएका छन्। प्रहरीले प्रदर्शनकारीमाथि बर्बर दमन गरेको छ। अश्रु ग्यास र रबरका गोली हानेको छ। धकेलाधकेल मुक्कामुक्की भएको छ।

कतिपय ठाउँमा प्रदर्शनकारीले लुटपाट गरेका छन्। प्रहरीका भ्यानमा आगो लगाइदिएका छन्। सार्वजनिक सम्पत्ति तोडफोड गरेका छन्।

प्रदर्शनका यी आँखा बिझाउने तस्बिरसँगै पछिल्लो समय प्रहरीका तर्फबाट केही भावुक बनाउने दृश्यहरू पनि देखिन थालेका छन्। ती दृश्यमा प्रहरीले आन्दोलनकारीले दमन होइन सद्भाव र ऐक्यवद्धता जनाएका छन्।

एक ठाउँमा प्रहरीहरूले आन्दोलनकारीका अगाडि घुँडा टेकेर मृत्यु भएका फ्लोयडप्रति सम्मान जनाएका छन् । अर्को एउटा तस्बिरमा प्रहरीले प्रदर्शनकारीलाई अँगालो हालेका छन्। डेनेभरका प्रहरी प्रमुख त प्रदर्शनमै सहभागी भएका छन्। उनले आफ्नो दाँयाबाँया हातले आन्दोलनकारीलाई समातेका छन्।

हेर्नुस् केही तस्बिरहरू

 

 

 

सबै तस्बिर : सिएनएन

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *