Sajhamanch Archive

खाद्यान्न बोकेको जिप दुर्घटना, चालकको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

सुर्खेत । कालीकोटमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

नरहरिनाथ गाउँपालिका वडा नं.१ लालीघाट बजार नजिकै खाद्यान्न बोकेको जिप मंगलबार दुर्घटना हुँदा रास्कोट नगरपालिका वडा नंं.१ कालीकोटका डबल शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लालीघाटबाट नरहरिनाथ गाउँपालिकामा खाद्यान्न लिएर गएको कर्णाली प्रदेश ०२००१ ज ००३० नम्बरको जिप सडकदेखि करिब तीन सय मिटर तल खस्दा चालक शाहीको घटनास्थलमै मृत्यु भएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईंले जानकारी दिए ।

दुर्घटनामा नरहरिनाथ गाउँपालिका वडा नं.३ का ५० वर्षीय पुर्णप्रसाद उपाध्यय घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *