Sajhamanch Archive

आउँदाे हप्तासम्म सबै प्रतिबन्ध हट्न सक्ने प्रधानमन्त्री ज्यासिन्डाकाे सङ्केत

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेर्नले कोरोना भाइरस महामारी रोकथामको लागि लगाइएको सबै प्रतिबन्ध आउँदो हप्तासम्म हट्न सक्नेतर्फ सङ्केत गरेकी छिन् ।

प्रधानमन्त्री आर्डेर्नका अनुसार प्रतिबन्ध हटाइएपछि देशमा ‘अलर्ट लेभन–वानु रहनेछ, जस अनुसार सामाजिक दुरीको आवश्यकता हुने छैन र मानिसहरुलाई एकत्र हुन लगाइएको प्रतिबन्ध पनि हटाइनेछ ।

यद्यपि उनले देशको सीमा भने अहिलेलाई बन्द रहने प्रस्ट पारेकी छिन् ।

मङ्गलबार पत्रकार सम्मेलनमा प्रधानमन्त्री ज्यासिन्डा आर्डेर्नेले भनिन्, ‘चाँडोभन्दा चाँडो कडा लकडाउन लागू गर्ने हाम्रो रणनीतिबाट फाइदा पुगेको छ । साँचो अर्थमा भन्दा यो हामीले सोचेको भन्दा पनि धेरै हो ।’

प्रतिबन्ध कहिलेसम्म रहिरहन्छ ? यस विषयमा ज्यासिन्डा आर्डेर्नेको क्याबिनेटले यसअघि २२ जुनमा निर्णय लिने तय भएको थियो तर अब यो बैठक ८ जुनमा नै हुँदैन । मङ्गलबार न्युजिल्याण्डमा कोरोना सङ्क्रमण नदेखिएको ११ औँ दिन भएको छ ।

न्युजिल्याण्ड सरकारका अनुसार यो सबै लगभग सात हप्ताहको लामो लकडाउनको कारणबाट ने सम्भव भएको हो, जसलाई न्युजिल्याण्डका नागरिकले गम्भीरतापूर्वक पालना गरिरहेका छन् । न्युजिल्याण्डमा अहिलेसम्म एक हजार पाँच सय चार जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म २२ जनाको ज्यान गएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *