Sajhamanch Archive

यौन दुब्र्यवहारबारे सीबीएसका प्रमुखको आरोप छानबिन हुने

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । अमेरिकी टेलिभिजन नेटवर्क सीबीएसका निर्देशकहरुले यौन दुव्र्यवहारबारे सो संस्थाका प्रमुख कार्यकारीमाथि लगाइएका आरोपको अनुसन्धान गर्ने बताएका छन् ।

उक्त संस्थाका कार्यकारी प्रमुख लेज मून्भेसले आफूलाई यौन दुव्र्यवहार गरेको ६ जना महिलाले न्यू योर्कर म्यागजिनलाई बताएका छन् ।

त्यसैगरी अभिनेत्री इलियाना डग्लससहित चारजनाले बैठकका दौरान आफूहरुलाई मून्भेसले जबरजस्ती छोएको अथवा चुम्बन गरेको आरोप लगाएका छन् ।

६८ वर्षीय मून्भेसले आफ्नो कारणले केही महिलालाई ‘असहज भएको’ स्वीकारेका छन् । तर यौन दुव्र्यवहारको आरोपचाहिँ अस्वीकार गरेका छन् ।

सीबीएसले मून्भेसमाथि लगाइएका आरोपको अध्ययन गरिरहेको र उपयुक्त कदम चाल्ने जनाएको छ ।

हलिवूड चलचित्रका निर्माता हार्भी वाइन्स्टिनले यौन दुव्र्यवहार गरेका खबर बाहिर ल्याएकोमा यस वर्षको पुलित्जर पुरस्कार पाएका रोनन फ्यारोले पछिल्लो समाचार प्रकाशमा ल्याएका हुन् ।

मून्भेसले यौन दुव्र्यवहार गरेको भनिएका केही घटना २० वर्षभन्दा पहिले भएको बताइएको छ ।

पछिल्लो समाचार प्रकाशमा आएसँगै सीबीएसको शेयर मूल्यमा ६ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *