Sajhamanch Archive

क्वारेन्टिनमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण देखिएन

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

बैतडी । क्वारेन्टिनमा मृत्यु भएकी बैतडीकी एक महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्ला पुर्चौडी नगरपालिका वडा नं.४ स्थित मालिका मावि भटनाको क्वारेन्टिनमा मृत्यु भएकी भटनाकै २२ बर्षीय महिलाको कोरोना रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिए ।

मृतक महिलासँगै क्वारेन्टिनमा रहेका थप चार जनाको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको उनको भनाइ छ ।

उनका अनुसार मृतक महिला, मृतक महिलाका श्रीमान, १८ महिने छोरा, एक जना आफन्त सहित चार जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । कोरोना आशंकामा उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको थियो ।

मृतक महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि दाहसंस्कारका लागि शव आफन्तको जिम्मा लगाइएको नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले जानकारी दिए । मृतक यही जेठ १६ भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएकी थिइन् ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *