Sajhamanch Archive

हाइड्रोक्सीक्लोरोक्वीन औषधि कोरोनाका लागि प्रयोग गर्न डब्लुएचओको अनुमति

Published: in विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनकाको उपचारका लागि हाइड्रोक्सीक्लोरोक्वीनको क्लिनिकल ट्रयाललाई अनुमति दिएको छ।

डब्लुएचओले अस्थायी रुपमा एक साता अघि प्रतिबन्ध लगाएपछि फेरी यस औषधिको क्लिनिकल ट्रायल हुने भएको हो। मलेरियाको यो औषधि कोरोना संक्रमित विरामीको उपाचारमा विभिन्न देशमा अहिले पनि प्रयोग भइरहेको छ। एक अनुसन्धानले हाइड्रोक्सीक्लोरोक्वीन हानिकारक हुने बताएपछि डब्लुएचले यस औषधिको क्लिनिकल ट्रायललाई अस्थायी रुपमा रोकेको थियो।

सो अनुसन्धानको समिक्षा पछि हाइड्रोक्सीक्लोरोक्वीनको क्लिनिकल ट्रायलको अनुमति फेरी दिइएको डब्लुएचओले जानकारी दिएको छ। केहि दिन मात्र डब्लुएचओको प्रतिबन्धका बीच अमेरिकाले ब्राजिललाई हाइड्रोक्सीक्लोरोक्वीनका २० लाख ट्याब्लेट उपलब्ध गराएको थियो। अहिले ब्राजिलमा कोरोना संक्रमितलाई यो औषधीको प्रयोग गरिएको छ। त्यस्तै टर्कीले पनि कोरोना संक्रमितलाई यो औषधिको प्रयोग गरिरहेको र नतिजा उत्साहजनक रहेको रिपोर्ट आएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *