Sajhamanch Archive

मोटरसाइकलबाट लडेर फुपुको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by .

रौतहट । रौतहटमा गुडिरहेको मोटरसाईकलबाट लडेर एक बृद्ध महिलाको मृत्यु भएको छ ।

फतुआ विजयपुर वडा नं. ५ कि ६० वर्षीया रमसखियादेवीको गरुडामा सामान्य उपचारपछि थप उपचार को लागि बीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रदेश २ ,३००१ प ४०२९ नम्बरको मोटरसाइकलबाट गरुडा नपा वडा नं. ५ महम्मदपुर नजिकै ती महिला लडेकी थिईन् । टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी उनको उपचारका लागि बीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

मोटरसाइकल र चालक फतुवा बिजयपुर वडा नं.५ का २० वर्षीय सञ्जिव यादवलाई नियन्त्रणमा लिइएको डिएसपी महतोले बताए । नातामा भदा पर्ने सञ्जिवले फुपु रमसखियालाई आज बिहान घरबाट काम विशेषले गरुडा लिएर जाँदा दुर्घटना भएको हो ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *