Sajhamanch Archive

मोटरसाइकलको ट्याङ्कीमा २२ लाख ४८ हजार लुकाउने पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

पर्सा । पर्सामा सशस्त्र प्रहरीले २२ लाख ४८ हजार अवैध रकमसहित एक जनालाई पक्राउ गरेको छ।

बिहीबार बिहान साढे नौं बजे पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ४ मा बिओपी भिस्वाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ना ४३ प २८०२को नम्बरको मोटरसाइकलमा जाँच गरेको थियो।

सशस्त्रले सो मोटरसाइकलको ट्याङ्कीमा २२ लाख ४८ हजार रूपैयाँ लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको हो।

सशस्त्र प्रहरीका प्रवक्ता तथा डिआइजी प्रविनकुमार श्रेष्ठका अनुसार ती व्यक्तिमा शंका लागेर जाँच गर्दा अवैध रकम फेला परेको हो। ‘विहान शंका लागेर जाँच गर्दा स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरिएको छ’ उनले भने।

सशस्त्रले बहुदरमाई नगरपालिकाका २५ वर्षीय प्रकाश साहलाई नियन्त्रणमा लिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको उनले बताए।

स्रोत : सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *