Sajhamanch Archive

प्रदेश २ का ५ मर्यादापालकलाई कोरोना, मन्त्रीकी स्वकीय सचिव पनि संक्रमित

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, स्वास्थ्य by .

धनुषा ।धनुषामा एक जना महिलासहित ६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

आज थपिएका यी संक्रमितमध्ये ५ जना प्रदेश नम्बर २ को संसद सचिवालयमा कार्यरत मर्यादापालक हुन्।

गत जेठ १६ गते प्रदेश दुईका प्रदेशसभा सदस्य, कर्मचारी, मर्यादापालक, व्यक्तिगत सुरक्षा गार्ड, चालकसहित ३ सय ४४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो।

जसमा ५ जना मर्यादापालकमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन्। उनका अनुसार थपिएका ६ जना संक्रमित जनकपुरधाममै बस्दै आएका छन्। संक्रमित एक महिला प्रदेश २ मन्त्रीकी स्वकीय सचिव रहेको मन्त्रालय स्रोतले जनाएको छ।

स्रोत : सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *