युवकको कोरोनाबाट मृत्यु भएपछि १९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टिनमा
Published:
by .पाल्पा । पाल्पाको युनाइटेड मिशन अस्पतालको आइसोलेशन कक्षमा रहेका एक व्यक्तिको मृत्यु भएपछि १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ ।
यही जेठ २० गते पूर्वखोला गाउँपालिका –१ सिलुवाका ४५ वर्षीय एक व्यक्तिको मृत्यु भएको थियो । उनको कोरोना नतिजा पोजेटिभ आएपछि बिहीबारदेखि नै अस्पतालका स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराईले जानकारी दिए ।
बुधबार कोरोना सङ्क्रमण देखा परेका दुई युवालाई अहिले सीताराम माविकै क्वारेन्टिनमा सुरक्षितसाथ राखिएको छ । उनीहरुलाइ आज आइसोलेशन कक्षमा लगिने नगरपालिकाले जनाएको छ ।
Comments