Sajhamanch Archive

सय धनाढ्य कलाकारको सूचीमा अक्षय

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by .

फोर्ब्स म्यागेजिनले सन् २०२० मा सर्वाधिक कमाई गर्ने कलाकारको सूची निकालेको छ । यो बर्ष सर्वाधिक कमाई गर्ने मनोरञ्जन दुनियाँका सेलिब्रिटीहरुको सूचीमा बलिउडबाट नायक अक्षय कुमार मात्र परेका छन् ।

अक्षय कुमार यो सूचीको ५२ औं नम्बरमा छन् । नायक अक्षय कुमारले ४८।५ मिलियन डलर आम्दानी गरेको फोब्र्सले उल्लेख गरेको छ । अक्षयले हलिउड सेलिब्रिटी जेनिफर लोपेजलाई पनि उछिनेका छन् । अक्षय कुमारले चलचित्र, विज्ञापनको माध्यमबाट आम्दानी गर्दै आएका छन् ।

एक बर्षकै ४ वटासम्म चलचित्रमा अभिनय गर्ने अक्षयको हातमा अहिले विज्ञापनको पनि कमी छैन । सामाजिक कथा बोकेका चलचित्रमा काम गरेपछि उनको करिअर चम्किएको छ । यसैले उनको ब्रान्ड भ्यालु पनि बढेको छ ।

यो सूचीको पहिलो नम्बरमा केली जेनरको नाम छ । उनले यो बर्ष ५९० मिलियन डलर आम्दानी गरेकी छिन् ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *