Sajhamanch Archive

थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार २३५ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ३२३ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले दिएको जानकारीअनुसार शनिबार विभिन्न जिल्लामा ३२३ जना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ। तीमध्ये ३६५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएको छ।

शनिबारसम्म देशभरि १ लाख ६८ हजारभन्दा बढी क्वारेन्टिनमा रहेका छन्। आइसोलेसनमा रहनेको संख्या २ हजार ८५७ रहेको छ ।

प्रदेश १ मा क्वारेन्टिनमा बस्नेको ४ हजार ३०३ रहेको छ भने संक्रमित हुनेको संख्या २४९ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *