इण्डोनेसियामा शक्तिशाली भूकम्प, १० को मृत्यु
Published: (Updated: )
by .इण्डोनेसियामा ६ दशमलब ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय अनुसार आइतबार विहान ७ बजे मध्ये इण्डोनेसियाको एक टापूमा भूकम्प गएको अमेरेकी जिओलोजिकल सर्भेले जनाएको छ।
भूकम्पमा परि दश जनाको मृत्यु र्भको छ भने दर्जनौं घर भत्किएका छन्। अहिले सम्म भूकम्पका कारण १० जनाको मृत्य भएको र ४० जना घाइते भएको इण्डोनेसिउाका विपद व्यवस्थापनका प्रवक्ता सुटोपो पुरो नुग्रोहोले जनाएका छन्।
‘मृतकको संख्या बढ्न सक्ने छ’ उनले भने ‘ विपदमा सबै नागरिकलाई सहयोग गर्न गर्दछु।’ यसअघि सन् २०१६ मा गएको ६ दशमलव ५ रेक्टर स्केलको भूकम्पमा परि दर्जनौको ज्यान गएको थियो भने ४० हजार जनता घरबार बिहिनि भएका थिए।
Comments