Sajhamanch Archive

झापामा जेब्रा क्रसिङ्ग अभियान

Published: (Updated: ) in विविधा by .

विर्तामोड । जेब्रा क्रसिङ अभियान अन्तर्गत झापाको बिभिन्न सडकमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । दुर्घटना न्युनिकरण र सर्वसाधारणई बाटो काट्न सजिलो होस् भन्ने उद्देश्यले विर्तामोडकोे अदुवा खोला पश्चिममा दुर्गापुर चौक र लक्ष्मीपुर चौकमा जेब्रा क्रसिङ निर्माण गरिएको हो ।

कनकाई नगरपालिकाको दुर्गापुर चौकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र अभियानका संयोजक रणदेव हजामको सहयोग तथा सिर्जनात्मक अभ्यासमा बालबालिका कार्यक्रम कनकाई नगरपालिका १ को संयोजनमा जेब्रा क्रसिङ निर्माण गरिएको छ ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राई, कालिदाश रेग्मी नगरपालिका सदस्य गीता अधिकारी नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराई लगायतले बिद्यार्थीहरुलाई ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिएका थिए ।

यस्तै नेल्टा झापाले लक्ष्मीपुर चौकमा पनि जेब्रा क्रसिङ निर्माण गरेको छ । संयोजक रणदेव हजामको संयोजन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्राविधिक सहयोगमा जेब्रा क्रसिङ निर्माण गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *