Sajhamanch Archive

रौतहट नरसंहार प्रकरणः आलमका सहयोगी पक्राउ

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, विविधा, समाज by .

काठमाडौँ । रौतहटको राजपुरमा करिब एक दर्जन व्यक्तिको ज्यान जाने गरी भएको घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको सिम्रोनगढ नगरपालिका–४ का ५५ वर्षीय मुक्ति साह छन् । साह पूर्वमन्त्री तथा सांसद मोहमद अफताब आलमका सहयोगी रहेको खुल्न आएको छ ।

भारतबाट नेपाल प्रवेश गरेको भन्ने विशेष सूचनाको आधारमा साहलाई शनिबार पक्राउ गरिएको प्रदेश २ का डीआईजी धिरजप्रताप सिंहले बताए ।

२०६४ साल चैत २८ को संविधानसभा निर्वाचनको अघिल्लो दिन चैत २७ मा चुनावमा बुथ कब्जा गर्ने उद्देश्यले आफैंले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री आलम हाल जेलमा छन् ।

साह त्यतिबेला इँटा भट्टाको मिस्त्री रहेको प्रहरीले जनाएको छ । उनी मिस्त्री भएको इँटा भट्टामै जिउँदै मान्छे हालेर हत्या गरिएको हो ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *