Sajhamanch Archive

श्रीमतीद्वारा श्रीमानको हत्या

Published: in मिडियाबाट साभार, समाज by .

सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकामा श्रीमतीले श्रीमानको हत्या गरेकी छन्। वडा नम्बर ६ भुम्केज्युलाकी ३६ वर्षीया महिलाले ३८ वर्षीय डिल्लीबहादुर घर्तीको हत्या गरेकी हुन्।

आइतबार राति साढे ८ बजे घरमा काठ चिर्ने फलाम प्रहारबाट गम्भीर घाइते भएका घर्तीको सल्यान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए।

हत्या आरोपित श्रीमतीलाई पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लुहाममा राखिएको छ।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *