Sajhamanch Archive

मिनी ट्रक खोलामा खस्दा चालकको ज्यान गयो

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं.३ झौखेलस्थित कालीखोलामा आइतबार राति मिनी ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ।

भक्तपुर ब्यासीबाट झौखेलतर्फ जाँदै गरेको बा ५ ख ३११ नम्बरको महाशक्ति ईंट्टाभट्टाको मिनी ट्रक दुर्घटना हुँदा सडकबाट खोलामा झरेको हो। उक्त कालीघाटमा भएको उक्त दुर्घटनामा चाँगुनारायण–३ झौखेल बस्ने अन्दाजी ३५ वर्षका ट्रक चालक नवराज लाछिवाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रक खोलामा खसेको जानकारी प्राप्त हुना साथ व्यासी प्रहरी प्रभागको टोली घटनास्थल पुगेर चालक लाछिवाको उद्धार गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ। घटनामा चालक लाछिवा ट्रकको अघिल्लो भागले च्यापिएको अवस्थामा फेला परेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक (प्रनाउ) दिपक गिरीले बताए।

घाइते चालकलाई क्रेनको सहायताले उद्धार गरी सल्लाघारीस्थित डा. इवामुरा अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको गिरीले जानकारी दिए। तीव्र्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *