Sajhamanch Archive

नाम तल राख्दा बाबुरामको उचाइ बढेको छ : कमल थापा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता डा. बाबुराम भट्टराईको प्रशंसा गरेका छन् ।

जसपा दर्ताको क्रममा चौथो वरियतामा पुगेको विषयमा टिकाटिप्पणी भइरहेका बेला थापाले भट्टराईको पक्षमा ट्विट गरेका हुन् ।

पूर्व प्रधानमन्त्री भट्टराईको स्थान लामो राजनीतिक संघर्षले स्थापित गरिसकेको थापाको बुझाइ छ ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘वरियताका विषयमा डा. भट्टराईलाई केहीले खिसी गरेको पढें । बाबुरामजीसँग धेरै विषयमा मेरो मतभेद छ तर उहाँको वरियतारराजनीतिक उचाइ निर्वाचन आयोगमा पेश भएको कागजले गर्दैन । लामो राजनीतिक यात्रारसंघर्षले समाजमा उहाँको स्थान कायम भैसकेको छ । एकता गर्दा नाम तल राख्न मानेर बरु उहाँको उचाइ अझै बढेको देखिन्छ ।’

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *