Sajhamanch Archive

करेन्ट लागेर एकजनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

पर्सा । करेन्ट लागेर पर्सामा एकजना पुरुषको मृत्यु भएको छ।

धोविनी गाउँपालिका वडा नं.३ हरिहरपुरका ४० वर्षीय शम्भु पटेलको करेन्ट लागेर सोमबार राति मृत्यु भएको हो।

शवलाई परीक्षणका लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले बताए। गर्मीमा राहत पाउन घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

स्रोत  : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *