Sajhamanch Archive

नाइजेरियामा जिहादी आक्रमण, ६९ जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । नाइजेरियाको उत्तरपूर्वी गाउँमा आतंकवादी समूह इस्लामिक स्टेट्ससँग आबद्ध लडाकूहरुको आक्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको नाइजेरियाली सेनाले बुधबार जनाएको छ ।

हातहतियार र सवारी साधनसहित ठूलो संख्यामा आएका लडाकूहरुले मंगलबार फेलो नामको गाउँमा अन्धाधुन्ध आक्रमण गरेका थिए । एक जना वरिष्ट सैनिक अधिकारीले पशुपालन गर्ने स्थानीय बासिन्दाका शव खुला स्थानमा यत्रतत्र छरिएको जानकारी दिए ।

इस्लामिक स्टेट्स समूहसँग आबद्ध लडाकूहरुले नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सांघातिक हमला गर्ने गरेका छन् । उत्तरपूर्वी नाइजेरियामा एक दशकदेखि जारी अतिवादी इस्लामिक आन्दोलनका कारण ३६ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

सन् २०१६ मा अर्को इस्लामिक समूह बोको हरामबाट टुक्रिएको पश्चिम अफ्रिकी इस्लामिक स्टेट्स समूहले पनि स्थानीयवासीमाथि निरन्तर आक्रमण गर्ने गरेको छ । यही समूहले विगत २ वर्षदेखि नाइजेरियाली सेनामाथि पनि आक्रमण गरिरहेको छ । पछिल्ला केही महिनादेखि यस समूहले आम नागरिकमाथि सांघातिक आक्रमण गर्न थालेको छ ।

स्रोत  : एएफपी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *