Sajhamanch Archive

डाक्टरले गरिरहे दिमागको शल्यक्रिया, वृद्धाले पकाइरहिन् पकौडा

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, स्वास्थ्य by .

एजेन्सी । शल्यक्रियाका बेला धेरै मानिसहरु बेहोस हुन्छन् । तर एक महिलाले आफ्नो दिमागको शल्यक्रियाका क्रममा पारम्परिक इटालियन ओलिभ पकौडा बनाएकी छिन् । ११ जना स्वास्थ्यकर्मीको संलग्नतामा साढे दुई घण्टा चलेको शल्यक्रियामा महिलाले ९० वटा पकौडा बनाइन् । इटीलीमा यी पकौडालाई एपरिटिफ्स भनिन्छ ।

इटलीको एंकोनामा ६० वर्षकी एक महिलालाई मस्तिष्कसम्बन्धि रोग लागेको थियो । डाक्टरले उनको शल्यक्रिया गर्नुपर्ने बताए । तर शर्त एउटा थियो कि शल्यक्रिया गर्दा महिला सुत्नु हुँदैन ।डेली मेलका अनुसार मध्य इटलीमा अवस्थित अजिन्डा ओसपेडाली रियुनिटी अस्पतालका न्यूरोसर्जरी डिपार्टमेन्टका डा. रोबर्टो ट्रिगनानीले उक्त शल्यक्रिया गरेका हुन् । डाक्टरले शल्यक्रिया गर्दा जागा हुने बताएपछि महिलाले आफ्नै तरिकाले जागा हुने इच्छा व्यक्त गरिन् ।

यस्ता शल्यक्रियामा बिरामी प्यारालाइसिस हुने वा अट्याक आउने भएकाले बिरामीलाई सकेसम्म जागा नै राख्ने गरिन्छ ।

अपरेशन थिएटरमा बिरामीको बेडमा एउटा ठूलो टेबलमा राखियो । पकौडा बनाउने सबै सामग्री पनि राखियो । यता शल्यक्रिया चलिरहेको थियो र उता महिलाले पकौडा बनाइरहिन् ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *