Sajhamanch Archive

आयल इन्डियाको खानीतर्फ फैलिँदै आगो

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । भारतको असम राज्यमा रहेको तीन सुकिया जिल्लाको बागजनमा आगो फैलिँदै गएपछि सो क्षेत्रलाई भारतीय सेनाले घेरा हालेको छ । सो क्षेत्रमा भारतीय आयल इन्डिया लिमिटेडको खानी रहेको छ । आगलागी अन्यत्र फैलिनबाट रोक्ने उद्देश्यले भारतीय सेना परिचालन गरिएको हो ।

तीन सुकिया जिल्लाको बागजनमा केही दिनदेखि आगो फैलिएको छ । त्यस आगलागीमा परी बुधबार मात्र दुई जना स्थानीयको ज्यान गएको थियो ।

उक्त क्षेत्रका कम्तीमा पनि सात हजार नागरिकलाई उद्धार गरेर अन्यत्रै सारिएको छ । तर स्थानीयमा त्रास फैलिएको बताइएको छ । असम सरकारका मन्त्री चन्द्रमोहन पटवरीले उक्त बागजन क्षेत्रको भ्रमण गरेका थिए । बुधबार उनले सो क्षेत्रको भ्रमण गरेर आवश्यक सहयोग उपलब्ध गराउने स्थानीयलाई आश्वासन दिएका थिए ।

त्यसैगरी उनले भारतीय आयल इन्डियाका अधिकारीहरुसँग भेटगरी सो क्षेत्रमा आगो निभाउनका लागि सैनिक परिचालन गरिएको बताएका थिए । उनले सो आगलागीबाट प्रभाावित भएका नागरिकलाई क्षतिपूर्ति पनि उपलब्ध गराउने जानकारी दिएको समाचारमा जनाइएको छ ।

स्रोत : एएनआई

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *