Sajhamanch Archive

शिक्षिकाको ‘जुगाड’ भाइरल

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स by .

कोरोना महामारीका कारण स्कूल बन्द छन्, यस्तोमा शिक्षकहरुले बच्चालाई अनलाइन पढाइरहेका छन् ।

यसका आफ्नै चुनौती छन्, कतै इन्टरनेटको गती कम हुँदा निम्तिने समस्या त कतै गणित, विज्ञानजस्ता मुश्किल विषयलाई ह्वाइटबोर्डमा पढाउन नपाउनुको बाध्यता । यस्तोमा एक शिक्षिकाले अनलाइन कक्षाका लागि ह्याङ्गर, कुर्सी र च्यातिएका कपडाले मोबाइल राख्नका लागि ट्राइपोड बनाएकी छिन् ।

शिक्षिकाको यो जुगाडको चर्चा सोसल मिडियामा भइरहेको छ । सोसल मिडियामा सेयर भएको तस्बिरमा मानिसहरुले निकै तारिफ गरिरहेका छन् ।

भारतीय वन सेवाका अधिकारी सुधार रमनले ट्वीटरमा एक तस्बिर साझा गर्दै लेखेका छन्, ‘यो तस्बिरमा अत्यधिक सकारात्मकता र आशा छ । केमेस्ट्रिकी यी शिक्षिकाको कमिटमेन्ट हेर्नुहोस् ।’

शिक्षिका मौमिता बीले करिब एक हप्ताअघि यो भिडिया लिङ्क्डइनमा सेयर गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘मसँग ट्राइपोड थिएन त्यसैले मैले आफ्नो घरबाट अनलाइन कक्षा चलाउनका लागि भारतीय जुगाड बनाइदिए ।’

उनले आफ्नो फोनलाई कपडा झुण्ड्याउने ह्याङ्गरले बाँधिन् । यसलाई उनले डोरीको सहारामा प्लास्टिकको कुर्सी र माथि सिलिङमा बाँधिदिइन् । यसरी उनले ट्राइपोड तयार गरिन् । लिङ्क्डइनमा उनको यो भिडियो भाइरल भयो । यो भिडियो दुई लाखभन्दा बढी पटक हेरिसकिएको छ र ६ सय बढीले यसमा टिप्पणी गरेका छन् ।

स्रोतः बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *