Sajhamanch Archive

नेपाल मामिलामा फेरियो भारतीय सेना प्रमुख रणवणेको बोली

Published: in विश्व समाचार by .

एजेन्सी । भारतीय सेना प्रमुख एमएम नरवणेले नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको बताएका छन्।

नेपाल र भारतबीच सीमा सम्बन्धी विवाद बढिरहेको बेला भारतीय सेना प्रमुखले यस्तो बताएका हुन्। कालापानी क्षेत्र समेटेर नक्सा जारी गर्दै गर्दा कसैको उक्साहटमा नेपालले यस्तो गरेको बताएका रणवणेले एकाएक बोली फेरेका हुन्‌।

नेपालको भारतविरोधी गतिविधिमा कसैको हात भारतीय सेना प्रमुख नरवणेले भनेका छन्‌, ुनेपाल र भारतबीच गहिरो सम्बन्ध छ, भौगोलिक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको छ, भारतीय र नेपाली नागरिकबीच पनि गहिरो सम्बन्ध रहेको छ, हाम्रो सम्बन्ध सँधै राम्रो र भविष्यमा अहिलेको भन्दा बढी मजबुत हुन्छ।ु भारत र चीनबीच लद्दाखमा जारी गतिरोधको मामला पनि समाधान हुनेतिर अघि बढिरहेको उनले बताए। चीनसँग विवाद बढदै गएपछि सीमा क्षेत्रको स्थिति पूरै नियन्त्रणमा रहेको नरवणेले दावी गरेका छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *