Sajhamanch Archive

हामी भारतको भाइ होइनौं, मित्र हौं: राजेन्द्र लिङदेन

Published: (Updated: ) in विविधा by .

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देन नक्सामा आइसकेको नेपाली भूमि प्राप्तीका लागि चुप लागेर बस्न नहुने बताएका छन् ।

लिङ्देन भारतलाई मित्रतापूर्वक कुरा गरेर मिचिएको भूमि फिर्ता गर्नुपर्ने सरकारलाई सुझाव दिएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङदेनले मिचिएको भूमिबारे भारतसँग भाइ बनेर नभई मित्र बनेर कुरा गर्नुपर्ने बताएका हुन् ।

‘हामीले भारतसँग मित्रतापूर्वक सोध्नुपर्‍यो हामी भारतको भाइ होइनौं मित्र हौं, छिमेकी हौं । हामीले भारतलाई मित्रतापूर्वक सोध्नुपर्‍यो के भारतले सुगौली सन्धि नमान्ने हो रु सुगौली सन्धि नमान्ने हो भने त टिस्टा त काँगडासम्म छाड्नु पर्‍यो’ लिङ्देनले थपे, ‘भारतले त्यो गल्ती गर्दैन् भन्ने मलाई लाग्छ । हामीले पनि इतिहासमा केही प्राविधिक त्रुटिहरु गर्‍यौं ।

हाम्रो नक्सामा आफ्नो भूमी नभएको कुरा थाहा पाएनछौं । हामीले सच्यायौं त्यो प्राविधिक त्रुटि । भारतलाई सम्झाउनु पर्‍यो प्रधानमन्त्री ज्यू । भोलि भारतले पनि भन्न सक्छ ओहो यो गल्ती भएछ । तपाईहरुको भूमि हाम्रो नक्सामा परेछ भन्न सक्छ ।’ उनले गुमेको भूमि फिर्ता ल्याउन जटिल छ भनेर भन्दा पनि यो सम्भव छ भनेर लाग्नुपर्ने सुझाव दिए ।

उनले नक्सा पारित गरेर संविधानमा समावेश गरेर मात्रै पूर्ण नहुने भन्दै जटिलता र कठिनाई प्रशस्त भएको बताए। ‘हेरौंला भनेर भन्ने होइन । अब यसलाई छिमेकीसँग वार्ता र संवादबाट अगाडि बढाउनु पर्छ । यसलाई हाम्रै जीवनकालमा हाम्रो भूमि फिर्ता ल्याउनुपर्नेतर्फ लाग्नु पर्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *