‘सुरुवात’को विमोचन
Published: (Updated: )
by .बिर्तामोड । यमन स्टुडियो प्रालिले सोमबार बिर्तामोडमा गीता बस्नेतको एकल गायन तथा नविन चापागाईंको शब्द रहेको ‘सुरुवात’ एल्बम विमोचन गरेको छ ।
चारवटा गीत रहेको उक्त एल्बममा ‘तिम्रो नियत मै खोट रैछ’, ‘परदेशबाट आएपछि’, ‘ओएकाली ओएकाली’ गरी तीनवटा गीतमा गीताको स्वर रहेको छ ।
‘तिम्रो साथ हिंडेपछि’ बोलको गीतमा ताराविर पाण्डेसँग गीताले आवाज भरेकी छन् ।
आज आयोजित एल्वम विमोचन कार्यक्रममा संगीतकार शिवशंकर थापा, साहित्यकार देवीभक्त श्रेष्ठ, यमन स्टुडियोका प्रमुख ताराविर पाण्डे, साहित्यकार विवश बलभद्र कोइरालालगायत गायक, संगीतकार तथा पत्रकारहरुको उपस्थिति थियो ।
झापाको अर्जुनधारा १ निवासी गायिका बस्नेतको सबै गीत उत्कृष्ट रहेको तथा एकल लगानीमा निर्माण भएको हुनाले यस्ता साहित्य सिर्जनालाई राज्यले सम्मान गर्नु जरुरी रहेको संगीतकार थापाले बताए ।
कार्यक्रममा संगीतकार थापा र पूर्वाञ्चल आइडल प्रेम आङ्देम्बेलाई नेपाली गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै सम्मान समेत गरिएको थियो ।
गायिका बस्नेतको पहिलो तथा उत्कृष्ट गीत रहेको भन्दै सांगीतिककर्मीले उनलाई हौसला तथा सम्मान गरेका छन् ।
Comments