Sajhamanch Archive

अमेरिकी प्रहरीले फेरि अर्का अश्वेत युवालाई मारिदियो

Published: in विश्व समाचार by .

एजेन्सी । अमेरिकामा रङ्गभेदविरोधी आन्दोलन भइरहँदा फेरि अर्को अश्वेत युवालाई प्रहरीले गोली हानी मारिदिएको छ।

एटलान्टा राज्यको एक रेस्टूराँ नजिकै कारमा सुतिरहेका बेला रेसर्ड ब्रुक्स नाम गरेका अश्वेत युवामाथि प्रहरीले गोली चलाएको थियो। प्रहरीले गोली हानेर ब्रुक्सलाई मारिदिएपछि एटलान्टा प्रहरी प्रमुख एरिका सिल्ड्सले राजीनामा दिएकी छिन्।

प्रहरी प्रशासनले भने शुक्रबार झडपका क्रममा ब्रुक्सलाई गोली हानिएको दावी गरेको छ। प्रदर्शनकारीहरुले ब्रुक्स मारिएको स्थानमा रहेको रेस्टूराँमा आगो लगाइदिएका छन्। यसअघि अश्वेत युवा जर्ज फ्लोयडलाई प्रहरीले हत्या गरेपछि अमेरिकाभर आन्दोलन भइरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *